मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु

सिन्धुली/सिन्धुलीमा आज बुधबार मोटरसाइकल दुर्घटना हुँदा एक जना युवाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सूवेदीको अनुसार दुर्घटनामा परि मृत्यु हुनेमा मोटरसाइकल चालक दुधौली १० का ३० वर्षीय यज्ञ बहादुर सुनुवार रहेका छन् ।

उहाँको अनुसार आज बिहान ६ बजे जिल्लाको दुधौली नगरपालिका १० खत्रीचोक देखि करिब २०० मिटर भित्री सडक खण्डमा थोत्रीबाट मदन भण्डारी राजमार्गको खत्रीचोक तर्फ आउदै गरेको मधेष प्र ०१–००५ प ५४२७ नं. को मोटरसाइकल दुर्घटना भएको हो ।

सूवेदीको अनुसार मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा दुर्घटना हुँदा निधार, मुख र अनुहारमा चोट लागी गम्भिर घाइते भएका सुनुवारलाई तत्काल उद्धार गरि उपचारको लागी नगर अस्पताल सिर्थौली पु¥याइएको थियो ।

अस्पताल पु¥याई उपचार गर्ने क्रममा घाइते सुनुवारको बिहान ८ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।प्रहरीको अनुसार हाल दुर्घटनाग्रस्त मोटरसाइल प्रहरी कार्यालय तर्फ ल्याउने पहल भइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *