पञ्चकन्या मावि कुडुँलेमा दाहाल दम्पतिले गरे अक्षयकोष स्थापना
सिन्धुली/समाजसेवी तथा नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक शेषराज दाहालका ससुरा पूर्ण प्रसाद देवकोटा र सासु अम्बिका देवकोटा संगै छोरी सहिद सम्झना दाहालको स्मृतिमो अक्षयकोष स्थापना गरीएको छ ।दाहाल दम्पतिले हिजो एक कार्यक्रम बिच जिल्लाको कमलामाई नगरपालिका ४ कुडुँले स्थित श्री पञ्चकन्या मावि कुडुँलेमा हिजो मंगलवार १ लाख बराबरको अक्षयकोष स्थापना गरेका हुन् ।
पञ्चकन्या माविका गरिब तथा जेहेन्दार र विपन्न छात्र तथा छात्राको पठनपाठनमा थप सहयोग गर्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गरिएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र प्रसाद ढकालको अध्यक्षता तथा समाजसेवी एवं नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक अध्यक्ष शेषराज दाहालको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै अक्षयकोष स्थापना गरिएको हो ।
कार्यक्रममा प्रधानाध्यापक धन बहादुर स्याङ्तान, शिक्षकहरु, समाजसेवी, विध्यार्थिहरु, अभिभावक, शिक्षाप्रेमी तथा स्थानीयको उपस्थिति रहेको थियो । सो कार्याक्रम शिक्षक सरस्वती श्रेष्ठले संचालन गर्नुभएको थियो ।


