सुशिलाको ससुरालाई सिन्धुली कारागार पठाईयो

 

सिन्धुली/सुशिला बम्जनलाई पेट्रोल छर्की आगो लगाई घटनास्थलमा नै मृत्यु भएको घटनामा संलग्न भएका उनका ससुरालाई कारागार कार्यालय सिन्धुलीमा राख्न पठाईएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार सुशिलाको ससुरा कमलामाई नगरपालिका ४ बस्ने पृथ्वी मान बोम्जनको छोरा वर्ष ६५ को दुर्गा मान बोम्जनलाई कारागार कार्यालय सिन्धुलीमा राख्न पठाईएको हो ।

बुहारीलाई आगो लाग्दा लप्काले भेटेर घाईते भएका दुर्गामान बम्जन उपचारमा रहेका थिए । हाल उनलाई डिस्चार्ज भए पश्चात हिजो शुक्रवार सम्मानित सिन्धुली जिल्ला अदालत सिन्धुलीमा उपस्थित गराईएकोमा सिन्धुली जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार कार्यालय सिन्धुलीमा राख्न पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

३२ वर्षीया सुशिला बम्जनलाई गत पुस ६ गते सासु मायाँरानी बम्जन,नन्द मिना लामा (बम्जन) र ससुरा दुर्गा मान बोम्जनले आफ्नै घरमा पेट्रोल छर्की आगो लगाई हत्या गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *