सिन्धुली महोत्सवको तयारी सकियो,नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले उद्धघाट गर्ने

 

सिन्धुली /“सिन्धुली महोत्सव २०८२ को पहिचान, समुन्नत र सम्वृद्ध सिन्धुली हाम्रो पहिचान” भन्ने मुल नाराको साथ सुरु हुन लागेको सिन्धुली महोत्सव २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ ।उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको अनुसार भोली शुक्रबार बाट माघ १९ गते सम्म सिन्धुलीको खुल्लामञ्चमा सञ्चालन हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो ।

उहाँको अनुसार महोत्सवमा स्टल व्यवस्थापन, मञ्च निर्माण, सजावट, साना तथा ठूलाका लागि खेलका विभिन्न सामग्रीहरुको निर्माण, सुरक्षा व्यवस्थापन लगायतका सम्पूर्ण कार्यहरु सम्पन्न भइसकेको छ ।

महोत्सवमा ३ सय ५० वटा स्टल रहेको छ । यस पटकको महोत्सवमा नगर मातहतका मात्रै नभई टाढाबाट आउने अवलोकनकर्ता तथा दर्शकहरुको गुनासोलाई मध्यनजर गर्दै दिउँसो १ बजे देखि साँझ ७ बजे सम्म सञ्चालन गरिने बताइएको छ भने बिभिन्न जिल्ला बाट लगभग ४ लाख भन्दा धेरै दर्शकहरु आउने अपेक्षा गरीएको उद्योग वाणिज्य संघ सिन्धुलीका बरिष्ठ उपाध्यक्ष देव नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सवको उद्धघाटन भोली शुक्रबार दिउँसो १२ बजे नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले गर्नुहुने छ ।

महोत्सवमा प्रवेश गर्न ६० रुपौयाँ टिकट लाग्ने छ भने विद्यार्थीहरु तथा एकल महिलाहरुको हकमा परिचय पत्र साथमा ल्याएमा ४० रुपैयाँ मात्रै लाग्ने छ । सिन्धुली उद्योग वाणिज्य संघ र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन हुने यस महोत्सवमा मनोरञ्जनलाई मात्रै नभई स्थानीय कृषक, व्यापारी र उद्यमीहरुलाई बजारसंग जोड्ने साझा अभियान लिएको उहाँको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *