चोरी–लुटपाट घटनामा संलग्न तामाङ पक्राउ

सिन्धुली/सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एस.बि.आई. बैंक शाखामा भएको चोरी–लुटपाट घटनामा संलग्न भई लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार पक्राउ पर्नेमा घ्याङलेख गाउँपालिका–२ निवासी ५३ वर्षीय ज्ञानबहादुर भ्लोन तामाङ रहेका छन् ।उनलाई सुवेदीको अनुसार माघ ६ गते दिउँसो ३ बजेको समयमा काठमाडौँ जिल्लाको किर्तिपुर नगरपालिका–७ लप्सीबोट क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

पछिल्लो पटक पक्राउ परेका तामाङलाई पनि अन्य प्रतिवादीहरूकै नाममा म्याद मिलान गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीको भनाई छ । घटनाको प्रकृति गम्भीर भएकाले विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *