इजाजत पत्र प्राप्त हातहतियारहरू बुझाउन आग्रह

सिन्धुली /जिल्ला प्रशासन कार्यालय सिन्धुलीले इजाजत पत्र प्राप्त हातहतियारहरू बुझाउन आग्रह गरेको छ । प्रशासनले हिजो मंगलबार एक सुचना जारी गर्दे इजाजत पत्र प्राप्त हातहतियारहरू बुझाउन आग्रह गरेको हो ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सुरक्षा व्यवस्थालाई मध्यनजर गरी जिल्ला सुरक्षा समिति सिन्धुलीको हिजो मंगलबार गरेको निर्णय बमोजिम व्यक्तिगत रुपमा राखिएका इजाजत पत्र प्राप्त हातहतियारहरू आउँदो २१ गते सम्म अर्थात पन्ध्र (१५) दिन भित्र जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी कार्यालयमा बुझाउनु प्रशासनले सबै सरोकारवालाहरु लाई आग्रह गरेको छ भने सूचना बमोजिम तोकिएको समय भित्र इजाजत पत्र प्राप्त हातहतियारहरू नबुझाएमा प्रचलित कानून बमोजिम कारवाही गरीने उक्त प्रकाशित पत्रमा उल्लेख गरीएको छ ।

साथै बुझाइएका हातहतियारहरू निर्वाचन सम्पन्न भएको १ महिना पश्चात सम्बन्धित व्यक्तिलाई फिर्ता गरीने उक्त पत्रमा उल्लेख गरीएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *