घ्याङलेखमा सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा

सिन्धुली/घ्याङलेख गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा आउँदो ६ गते सार्वजनिक बिदा दिने भएको छ ।पालिकाले एक सुचना जारी गर्दे आउँदो ६ गते अर्थात मंगलबार सोनाम ल्होछारको अवसरमा बिदा दिने जानकारी दिएको हो ।

उक्त दिन गाउँपालिका स्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने पालिकाले प्रकाशन गरेको पत्रमा उल्लेख गरीएको छ ।

घ्याङलेख गाउँपालिका गाउँ कार्यपालिकाको पुष २५ गतेको निर्णय अनुसार सोनाम ल्होछारको अवसरमा सार्वजनिक विदा दिन लागेको पालिकाले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *