जिल्लामा कुल मतदाताको संख्या २ लाख १५ हजार १९ पुग्यो
सिन्धुली/ फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा मतदाताको संख्या थपिए संगै मतदानकेन्द्रहरु पनि थपिएको छ ।जिल्लामा कुल मतदाताको संख्या २ लाख १५ हजार १९ रहेको छ । मतदाता थपिए संगै ५ वटा मतदान केन्द्र पनि थप गरिएको गरीएको छ ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको अनुसार अनुसार २०७९ को निर्वाचनको तुलनामा यस पटक ६ हजार ६ सय ५० जना मतदाता थपिए संगै जिल्लामा मतदाताको संख्या २ लाख १५ हजार १९ पुगेको हो ।उहाँको अनुसार जिल्लामा महिलम मतदाताको संख्या लाख ३ हजार ६ सय ९५ र पुरुषको १ लाख ११ हजार ३ सय २४ रहेको छ ।
निर्वाचनको लागि जिल्लामा ५१ वटा मतदान स्थलहरु रहेको छ भने २ सय ७२ वटा मतदान केन्द्रहरु रहेका छन् । जिल्लामा २५ वटा मतदानस्थलहरु अति संवेदनशिल, ६५ वटा संवेदनशिल र ६१ वटा समान्य अवस्थामा रहेका छन् ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित ढङ्गले सम्पन्न गर्नको लागि सबैजना आफ्नो ठाउँबाट लागी परेको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताउनुभएको छ । निर्वाचन अवधिभर सुरक्षालाई विशेष मध्यनजर गर्दै मतदान स्थलको भौगोलिक अवस्था, बाटो देखि लिएर मतदान स्थल घेराबाराको विषयमा पनि सुरक्षा निकायबाट खटि आवश्यक तयारीहरु गरिसकेको उहाँले बताउनुभएको छ ।
२१ गतेको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सम्पूर्ण जिल्लाबासि, राजनितिक दल, सञ्चारमाध्यम तथा सुरक्षा निकाय सबैको महत्वपूर्ण जिम्मेवारी रहेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनभयो । निर्वाचन आयोगले निकालेको आचारसंहिता पालना गर्न सबै सरोकारवालाहरुलाई आग्रह गर्नुभएको छ । उहाँको अनुसार निर्वाचनको लागि मनोनयन दर्ता माघ ६ गते हुने छ ।


