सासु मायाँरानी बम्जन र नन्द मिना लामा (बम्जन) कारागार चलान

सिन्धुुली/ सिन्धुुलीमा पेट्रोल छर्केर आगो लगाई हत्या गरिएको जघन्य घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई जनालाई अदालतको आदेशपछि कारागार चलान गरिएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार कमलामाइ ४ स्थित आफ्नै घरभित्र ३२ वर्षीया सुशिला बम्जनलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा दुई जनालाई अदालतको आदेशपछि कारागार चलान गरिएको हो ।

उहाँको अनुसार मृतककी सासु मायाँरानी बम्जन र नन्द मिना लामा (बम्जन) लाई पक्राउ गरीएको हो ।सुशिला बम्जनलाइ गत पुस ६ गते सासु मायाँरानी बम्जन र नन्द मिना लामा (बम्जन) ले आफ्नै घरमा पेट्रोल छर्की आगो लगाई हत्या गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *