कमलामाईमा २८६२ औँ सोनाम ल्होसारको अवसरमा मंगलबार स्थानीय बिदा

सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिकाले २८६२ औँ सोनाम ल्होसारको अवसरमा मंगलबार स्थानीय बिदा दिने निर्णय गरेको छ ।आज आइतबार एक सूचना जारी गर्दै जिल्लाको कमलामाई नगरपालिकाले तामाङ समुदायले नयाँ बर्षको रुपमा मनाउँने ल्होसारको अवसरमा आउँदो मंगलबार पालिका भित्र स्थानीय बिदा दिने भएको हो ।

पालिकाको अनुसार उक्त बिदाको दिन अति आवश्यक बाहेक नगरपालिकाको कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु, विद्यालय तथा अन्य शिक्षण संस्थाहरु, बैँक तथा वित्तिय संस्थाहरु र अन्य सार्वजनिक संघ संस्थाहरु बन्द रहने छन् ।

साथै पालिकाले ल्होसारको अवसरमा सूचनामार्फत स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण तामाङ समुदायहरुलाई शुभकामा समेत व्यक्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *