२८६२ औं सोनाम ल्होछारमा हरिहरपुरगढीमा स्थानीय बिदा
सिन्धुली/ तामाङ समुदायको मुख्य पर्व २८६२ औं सोनाम ल्होछारको उपलक्ष्यमा हरिहरपुरगढी गाउँपालिकाले स्थानीय बिदा दिने भएको छ ।पालिकाले आज आइतबार एक सुचना जारी गर्दे मंगलबार अर्थात अउँदो ६ गते स्थानीय बिदा दिने जानकारी दिएको हो ।
गाउँ कार्यपालिकाको पुष २८ गते बसेको बैठकको निर्णय अनुसार अउँदो ६ गते अर्थात मंगलबार स्थानीय बिदा दिन लागेको पालिकाले प्रकाशन गरेको पत्रमा उल्लेख गरीएको छ ।
उक्त दिन गाउँपालिकाको मातहतका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु, विद्यालय तथा अन्य शिक्षण संस्थाहरु, बैंक तथा वित्तिय संस्थाहरु र अन्य सार्वजनिक सघं सस्थांहरुमा स्थानीय बिदा हुने पालिकाले प्रकाशन गरेको पत्रमा उल्लेख गरीएको छ ।
पालिकाहरुले ल्होसारको अवसरमा सूचनामार्फत स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण तामाङ समुदायहरुलाई शुभकामा समेत व्यक्त गरेको छ ।


