मरिणमा तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होसारमा स्थानीय बिदा
सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकाले तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होसारको अवसरमा माघ ४ गते अर्थात आइतबार स्थानीय बिदा दिने भएको छ ।पालिकाले शुक्रबार एक सुचना प्रकाशन गर्दे उक्त दिन स्थानीय बिदा दिने जानकारी दिएको छ ।
पालिकाको अनुसार माघ ४ गतेका दिन गाउँपालिका मातहतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय तथा शैक्षिक संस्थाहरूमा स्थानीय बिदा रहनेछ । पालिकाले आज शुक्रबार गरेको निर्णय अनुसार सो दिन बिदा दिने भएको हो ।सोनाम ल्होसार तामाङ समुदायको पहिचान, परम्परा र संस्कृतिसँग गहिरो रूपमा जोडिएको पर्व हो ।
प्रतिक्रिया


