टिफर र मोटरसाइकल एकआपसमा ठोक्किदा एक पुरुषको मृत्यु
सिन्धुली/सिन्धुलीमा टिफर र मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीका अनुसार मृत्युु हुनेमा मोटरसाइकल चालक दुधौली नगरपालिका ८ का ५५ वर्षीय टिका सिङ तामाङ रहेका छन् ।
उहाँको अनुसार आज शुक्रबार दिउँसो ३ः४० को समयमा जिल्लाको दुधौली नगरपालिका ९ दुधौली बजार स्थित दुधौली खोरभञ्याङ भित्री सडकखण्डमा दुधौली बाट खोरभन्ज्याङ तर्फ जादै गरेकोे बा २ क ८५४७ नं. को मिनी टिफर र बिपरित दिशा बाट आउदै गरेकोे प्र.२–०१–००२ प १३७७ नं. को मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
उक्त दुर्घटना पश्चात् टाउकोमा चोट लागि गम्भिर घाइते भएका तामाङलाई तत्काल उद्धार गरि उपचारको लागि दुधौली नगर अस्पताल सिर्थौली तर्फ पठाइएको थियो । उनको उपचारको क्रममा करिब आज अपराहन्न ४ः२५ बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएका छ ।
साथै प्रहरीको अनुसार हाल टिफर र टिफर चालक दुधौली नगरपालिका १३ का ४४ वर्षीय राज कुमार सुनुवारलाई इलाका प्रहरी कार्यालय डकाहाले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र कानुनी प्रकृया अगाडी बढाइएका छ ।


