एसबीआइ बैंक लुटपाटको मुख्य योजनाकार घरधनी छविलाल रहेको पुष्टि, हालसम्म २ कारोड भन्दा धेरै बरामद

 

सिन्धुली/ घ्याङ्लेख गाउँपालिका २ हायुटारमा रहेको नेपाल एसबीआई बैंक लुटपाटको मुख्य योजनाकार घरधनी छविलाल स्याङतान रहेको पुष्टि भएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आज शुक्रबार पत्रकार सम्मेलन गर्दे लुटपाटको मुख्य योजनाकार घरधनी छविलाल स्याङतान रहेको जानकारी दिएको हो ।

प्रहरीको अनुसा गत २९ गते राती करीब ८ ः४० बजेको समयमा उक्त बैंक लुटमा संलग्न भएको आरोपमा प्रहरीले शाखा बैंक राखिएको घरका धनी छविलाल स्याङ्तानलाई पक्राउ गरेपछि उनकै योजनामा बैंक लुटिएको स्याङ्तानले स्विकार गरेका छन् ।उनलाई पुस ३० गते बेलुका महोत्तरीबाट पक्राउ गरेको थियो ।घरधनी छविलाल सहित हालसम्म प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गाडी चालक काभ्रेको बनेपा नगरपालिका वडा नं. १० का ४९ वर्षीय भागवत सिंह थापा, घ्याङ्लेख गाउँपालिका वडा नं. २ का ४७ वर्षीय चतुरमान बज्यु, चितवन भरतपुर महानगरपालिका वडा नं. २ का २४ वर्षीय सशांक श्रेष्ठ, नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नं. ५ का २३ वर्षीय मिलन गिरी, सोही ठाउँका १९ वर्षीय विवेक मगर, घ्याङ्लेख गाउँपालिका वडा नं. २ का ४४ वर्षीय छविलाल स्याङ्तान र एक १६ वर्षीय बालक रहेका छन् । प्रहरीका अनुसार मुख्य योजनाकार मध्येका एकजना अझै फरार छन् । अन्यको संलग्नता बारेमा प्रहरीले अनुसन्धान जारी राखेको प्रहरीले पत्रकार सम्मेलन गर्दे जानकारी दिएको छ ।

त्यस्तै प्रहरीले अर्का योजनाकार छविलालका आफ्नै जेठान चतुरमान बज्यूलाई पनि पक्राउ गरीसकेको छ ।पक्राउ परेकालाई सिन्धुली जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भईरहेको छ।प्रहरीको अनुसार उनिहरु सबै बैँक लुट्ने योजना सहित पुष २८ गते काठमाडौको कोटेश्वर जम्मा भएको र २९ गते पब्लिक सवारी साधनमा बनेपासम्म आएका थिए । बनेपाबाट लुटेराहरूले विएडी ०३९८ नम्बरको टाढा सुमो रिजर्भ गरेर घ्याङलेख सम्म पुगेका थिए ।पक्राउ परेका घरधनी छविलाल र चतुरमानले गत असोजबाटै बैँक लुट्ने योजना बनाएको थिए  ।

बैँक लुटन भनि गत पुष २३ गते समेत काठमाडौबाट २ वटा मोटरसाईकल भाडामा लिई पक्राउ परेका मध्येका ४ जना व्यक्ति घ्याङलेख पुगेका तर परिस्थित अनुकुल नहुदाँ उनीहरुकोे बैँक लुट्ने योजना विफल भएको थियो ।त्यस्तै प्रहरीको अनुसार अनुसन्धानका क्रममा बैँक लुट्नका लागी घरधनीलेनै आवश्यक हातहतियारको व्यवस्थापन तथा सुचना प्रदान र निर्देशन समेत दिएको खुलेको छ । साथै प्रहरीको अनुसार हालसम्म २ कारोड ६८ लाख ५५ हजार १ सय ७५ रुपैयाँ बरामद गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *