मरिणमा छैटौँ अध्यक्षकप रनिङ शिल्ड प्रतियोगिता सुरु, विभिन्न व्यक्ति सम्मानित

सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकामा पालिका स्तरीय छैटौँ अध्यक्षकप रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरीएको छ ।प्रतियोगिताको आज एक कार्याक्रम बिच निवर्तमान प्रतिनिधि सभा सदस्य राजन दाहालले उद्घाटन गनु भएको हो ।

मरिण गाउँपालिका युवा तथा खेलकुद विकास समिति सिन्धुलीको आयोजनामा आज बिहिबारबाट सुरु भएको प्रतियोगितामा ७ वटै वडाका खेलाडीहरु सहभागि रहने छन् ।

सो अवसरमा बोल्नुहुँदै निवर्तमान प्रतिनिधि सभा सदस्य दाहालले खेल क्षेत्रको विकासले शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यमा पनि निकै राम्रो टेवा पुग्ने बताउनुभयो ।साथै उहाँले सहभागिहरुलाई शुभकामना व्यक्त गर्नुहुँदै यस्ता किसीमका प्रतियोगिताहरुले व्यक्तिको वृद्धि विकास संगै पालिका हुँदै जिल्ला र बिस्तारै राष्ट्रकै इज्जत र शानलाई उच्च राख्न सहयोग पुग्ने बताउनुभयो ।

साथै कार्यक्रममा मरिण गाउँपालिकाका अध्यक्ष तथा उक्त कार्यक्रमका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात) ले मरिण सरकारको तर्फबाट वार्षिक ४० लाख रुपैयाँ भन्दा धेरै बजेट खेल क्षेत्रमा लगानी गर्देआइरहेको बताउनुभयो ।गाउँपालिकाले खेल क्षेत्रको विकासका लागी खेलमैदान, तालिम र खेल सामाग्रीहरु समेत हस्तान्तरण गर्दे आईरहेको छ ।साथै उहाँले अध्यक्ष कप र उपाध्यक्ष कप राष्ट्रपति रनिङ शिल्ड, वडा कप लगायतका विभिन्न प्रतियोगिताहरु समेत गर्दै आइरहेको बताउनुभयो ।

सो प्रतियोगितामा पुरुष फुटबल, महिला फुटबल, पुरुष भलिवल तथा महिला भलिवल, ब्याडमिण्टन, क्रिकेट लगायतका विधामा प्रतिस्पर्धा हुने छ ।

त्यस्तै सोहि अवसर पारेर पालिकाले गाउँपालिकामा स्थायी ठेगाना भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त गर्न सफल खेलाडी तथा निर्णायकहरूलाई सम्मान समेत गरेको छ ।पालिकाको अनुसार मरिण ३ घर भएका कराते तर्फ अनिल रोक्का, मरिण ५ घर भएका निमा भोलन, सोही वडाबासी मिनिता थोकर र शान्तमाया माझी लाई सम्मान गरीएको हो । साथै फुटबल रेफ्री ज्ञानबहादुर मुक्तान र फुटबल खेलाडीहरु मरिण ३ घर भएका सुदीप मुक्तान सोही वडाबासी दीपक माझी, मरिण ५ घर भएका बुद्ध लुङ्गेली मगर र मरिण २ घर भएका आरेश थिङलाइ सम्मान गरीएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *