नेपाली कम्युनिष्ट पार्टीको केन्द्रिय समितिमा सिन्धुलीबाट २४ जना
सिन्धुली/नेपाली कम्युनिष्ट पाटीको हिजो भएको २४९९ जना केन्द्रिय समितिको सफलग्रहणमा सिन्धुलीबाट २४ जना परेका छन् । विभिन्न १६ घटक मिलेर बनेको नेकपाको केन्द्रिय समितिमा सिन्धुलीका २४ जना परेका हुन् ।
सिन्धुलीबाट हरिबोल गजुरेल, गंगानारायण श्रेष्ठ, गंगाप्रसाद नेपाल, महेश्वर दाहाल, बुद्धिमान माझी, लेखनाथ दाहाल(राजन), दिर्घराज श्रेष्ठ, चित्र बहादुर पुलामी मगर, सुर्य पाख्रिन, चित्रबहादुर लुङगेली, पानीराज बम्जन, भरत योञ्जन, वृहत स्याङतान, विमल तिमल्सीना, सरला माझी, बन्दना सुवेदी, प्रकाश श्रेष्ठ, गोकर्ण योञ्जन, अम्बर थापा, डेकेन्द्र प्रसाद सुवेदी, टंकविक्रम थापा, दिनेश लो र हरिकृष्ण ठकुरी रहेका छन् ।
पूर्व माओवादी केन्द्रबाट ७ जना केन्द्रिय सदस्य हुनुहुन्छ, नेकपा (एकिकृत समाजवादी)बाट १० जना, नेपाल समाजवादी पार्टीबाट ५ जना, जसपा र जनसमाजवादी पार्टीबाट १÷१ जना रहेका छन् ।
हरिबोल गजुरेल, महेश्वर दाहाल, बुद्धिमान माझी, लेखनाथ दाहाल(राजन) श्रेष्ठ, पानीराज बम्जन र प्रकाश श्रेष्ठ माओवादी केन्द्रको तर्फाबाट केन्द्रि सदस्य रहेका छन् ।
एकिकृत समाजवादीबाट गंगाप्रसाद नेपाल, सुर्य पाख्रिन, चित्रबहादुर लुङगेली, गोकर्ण योञ्जन, अम्बर थापा, डेकेन्द्र प्रसाद सुवेदी, टंकविक्रम थापा, दिनेश लो, हरिकृष्ण ठकुरी र मिमप्रसाद काफ्ले रहेका छन् । नेसपाबाट गंगानारायण श्रेष्ठ, बृहत स्याङतान, विमल तिमल्सीना, सरला माझी र बन्दना सुवेदी केन्द्रिय सदस्यमा मनोनित भएका छन् । त्यस्तै जनसमाजवादी पार्टीबाट चित्रबहादुर पुलामी मगर र जसपाबाट भरत योञ्जन केन्द्रिय सदस्यमा मनोनित भएका छन् ।
हरिबोल गजुरेल पूर्व नेकपा (माओवादी)का उपमहासचिव हुन्, गंगानारायण श्रेष्ठ नेपाल समाजवादी पार्टीबाट समायोजन भई माओवादी केन्द्रमा सचिव बन्नु थियो । गंगाप्रसाद नेपाल नकपा (एकिकृत समाजवादीको पोलिटवियुरो सदस्य हुनु हुन्थ्यो ।


