हरिहरपुरगढीमा राई समुदायको मुख्य पर्व माघ्या संक्रातीको अवसरमा स्थानिय बिदा

सिन्धुली/ सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले आज बुधबार स्थानिय बिदा दिएको छ ।पालिकाले हिजो मंगलबार एक सुचना प्रकाशन गर्दै राई समुदायको मुख्य पर्व माघ्या संक्रातीको अवसरमा पुष ३० गते अर्थात आज स्थानिय बिदा घोषणा गरेको हो ।

गाउँ कार्यपालिकाले २८ गते बसेको बैठकको निर्णयानुसार बुधबार हरिहरपुगढी मातहतका वडा कार्यालयहरु, स्वास्थ्य संस्था, विद्यालय तथा अन्य शिक्षण संस्था, बैंक तथा वित्तिय संस्थाका साथै अन्य सार्वजनिक संघ संस्थाहरुमा आज स्थानिय बिदा घोषणा गरेको पालिकाले प्रकाशन गरेको पत्रमा उल्लेख गरीएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *