एसविआई बैंक घ्याङलेख शाखामा लुटपाट,चालक प्रहरीको नियन्त्रणमा
सिन्धुली/सिन्धुलीको घ्याङलेख २ बस्तीपुर,हायुटारमा रहेको नेपाल एसविआई बैंक शाखामा गए राती लुटपाट भएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार हिजो मंगलबार करीव ८ः४० बजेको समयमा पाँच छ जनाको समूह आइ करिब ३ करोड १० लाख ९५ हजार २ सय ८३ रुपैयाँ लुटी भएको हो ।
उहाँको अनुसार उक्त रकम मध्ये १ करोड ८० लाख १० हजार ५ सय रुपैंयाँ भने हिजो राती नै बरामद गरीएको छ । पाँच छ जनाको समूह आई बैंकको गार्ड रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिई खुकुरी प्रहार गरी सामान्य घाइते बनाई बैंकका कर्मचारीहरूलाई नियन्त्रणमा लिई उक्त बैंकको रकम लुटपाट गरीएको थियो ।
साथै लुटेराहरूले बनेपाबाट रिजर्भ गरी प्रयोग गरेको विएडी ०३९८ नम्बरको टाढा सुमो जीप र चालक भवत सिंह थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै घटनाका बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदले जानकारी दिनुभयो ।


