३ दिने रैथाने कृषि उपज तथा मौलिक परिकार प्रदर्शनी सुरु

सिन्धुली/ ३ दिने रैथाने कृषि उपज तथा मौलिक परिकार प्रदर्शनी कार्यक्रमको आज मंगलबार उद्घाटन गरीएको छ ।चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस २०८२ को अवसरमा आयोजित प्रदर्शनी कार्यक्रमको आज एक कार्याक्रम बिच जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले उद्घाटन गर्नु भएको हो ।

कार्यक्रमको उद्घाटनमा बोल्नुहुँदै जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले रैथाने बालीहरुको संरक्षण गर्नको लागि सरकार सधैँ लागिरहेको बताउनुहुँदै यसको महत्वपनि निकै धेरै रहेको बताउनुभयो ।साथै उहाँले रैथाने बालीहरुको सबैलाई संरक्षण गर्न आग्रह गर्नु भयो ।त्यस्तै उहाँले रैथानेबालि सबैको स्वास्थ्य संग मात्र नभई संस्कूती संग पनि जोडीएको पनि बताउनुभयो ।

कृषि विकास कार्यालय सिन्धुली,सौगात लघु उद्यम सहकारी संस्था लिमिटेडको आयोजना, तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय वागमती प्रदेश हेटौंडा र बागवानी विकास केन्द्र सिन्धुलीको समन्वय तथा सहकार्यमा सुरु भएको प्रदर्शनी ३ दिन सम्म कृषि विकास कार्यालय सिन्धुलीको परीसरमा सञ्चालन हुने कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारीले जानकारी दिनुभयो ।त्यस्तै उहाँले हाइब्रिड बिउबिजनका कारण रैथाने बाली लोप भइरहेको उल्लेख गर्दै यसको संरक्षण आवश्यक रहेको बताउनुभयो ।

आज मंगलबारबाट सुरु भएको प्रदर्शनीमा लोपोन्मुख अवस्थामा पुगेका रैथाने बालीका बीउ, विभिन्न जडीबुटी, अचारहरु (आँप, अकबरे खुर्सानी, काक्रो, रुख कटहर, मेथी, मासु), भक्का, फापर र कोदोको परौठा, सेलरोटी, केराको म.म., फुलौरा, सिस्नोबाट तयार गरिएका सामग्रीहरु विभिन्न कन्दमूलहरु लगायत जिल्लामा उत्पादन हुने रैथाने जातका बालीहरुको परिकारहरू राखिएको छ ।सो कार्यक्रमको सहजीकरण कृषि विकास कार्यालय सिन्धुलयका सुचना अधिकारी उमादेवी श्रेष्ठले गर्नुभएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *