रैथानेबालीको न्यूनतम समर्थन मूल्य निर्धारण

सिन्धुली/सिन्धुलीको गोलन्जोर गाउँपालिकाले रैथानेबालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।पालिकाले आज सोमबार एक सुचना प्रकाशन गर्दे कोदो, मिठे फापर र तिते फापरको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको जानकारी दिएको हो ।

पालिकाको अनुसार कोदो प्रति पाथी रु १७० रुपौयाँ, मिठे फापर प्रति पाथी रु ३५० रुपौयाँ र तिते फापर प्रति पाथी रु ३०० रुपौयाँ मूल्य निर्धारण गरेको जानकारी दिएको छ ।

गाउँपालिकाको क्षेत्रगत अनुदान वितरण कार्यविधि २०७५ मा व्यवस्था भए बमोजिम क्षेत्रगत अनुदान वितरण समितिको आज सोमबार बसेको बैठकको निर्णयानुसार रैथाने बालीहरुको न्यूनतम समर्थन मूल्य निर्धारण गरीएको पालिकाले प्रकाशन गरेको पत्रमा उल्लेख गरीएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *