अवैध हातहतियार बुझाउन प्रशासनको आग्रह
सिन्धुली/जिल्ला प्रशासन कार्यालय सिन्धुलीले अवैध हातहतियार बुझाउन आग्रह गरेको छ ।कार्यालयले आज सोमबार एक सुचना प्रकाशन गर्दे अवैध हातहतियार बुझाउन आग्रह गरेको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयमुक्त र विश्वसनीय वातावरणमा सम्पन्न गराउन अवैध हातहतियारहरु बुझाउन आग्रह गरेको सुचनामा उल्लेख गरीएको छ । विभिन्न कारणले व्यक्ति तथा समूहसँग अवैध रूपमा रहेको हातहतियार आउँदो माघको १५ गतेभित्र जिल्ला प्रहरी कार्यालय सिन्धुली वा सम्बन्धित सुरक्षा निकायमा बुझाउन सो कार्यालयले अनुरोध गरेको छ ।
साथै तोकीएको समय सीमाभित्र हातहतियार नबुझाएमा प्रचलित कानून बमोजिम कारबाही हुने कार्यालयले चेतावनी समेत दिएको छ ।
प्रतिक्रिया


