सिन्धुलीमा रैथाने कृषि उपज तथा मौलिक परिकार प्रदर्शनी हुँदै

सिन्धुली/सिन्धुलीमा चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस २०८२ को अवसरमा रैथाने कृषि उपज तथा मौलिक परिकार प्रदर्शनी कार्यक्रम संचालन हुने भएको छ ।“कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदाः संरक्षण, उपयोग र प्रर्वद्धन मा युवा सहभागिता“  भन्ने मुल नाराको साथ प्रदर्शनी कार्यक्रम यहि आउँदौ पुषको २९ गते देखी १ गते सम्म अर्थात ३ दिन सम्म  कूषि विकास कार्यालय सिन्धुलीको परिसरमा संचालन हुने भएको हो ।

३ दिने मौलिक परिकार प्रदर्शनी कार्यक्रममा रैथाने तथा स्थानीय कृषि उपजको प्रदर्शनी तथा विक्री स्टल,मौलिक खाद्य परिकार प्रदर्शनी तथा सेवन ,रैथाने बालीको उत्पादन, सम्वद्र्धन र प्रर्वद्धनका स्टलहरु रहने छन् ।त्यस्तै सो अवसरमा क्रियासिल कृषक तथा उद्यमीहरुलाई सम्मान समेत गरीने छ ।

सो कार्यक्रम कृषि विकास कार्यालय सिन्धुली,सौगात लघु उद्यम सहकारी संस्था लि. कमलामाई न.पा. ६. सिन्धुलीको आयोजना तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेश हेटौंडा नेपाल र बागवानी विकास केन्द्र सिन्धुलीको समन्वय तथा सहकार्य संचालन हुने भएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *