मरिणमा पालिका स्तरीय छैटौँ अध्यक्षकप रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुँदै
सिन्धुली/“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद“ “मरिण गाउँपालिकाको सान, खेलकुद हाम्रो पहिचान“ भन्ने नाराको साथ सिन्धुलीको मरिण गाउँपालिकामा पालिका स्तरीय छैटौँ अध्यक्षकप रनिङ शिल्ड खेलकुद प्रतियोगिता संचालन हुने भएको छ ।युवा तथा खेलकुद विकास समिति मरिण गाउँपालिकाले आयोजनामा प्रतियोगिता यहि आउँदो माघको १ गते देखि ५गते सम्म मरिण ७. को बाह्रविसे खेलमैदानमा संचालन हुने पालिकाले जानकारी दिएकको छ ।
पालिकाको अनुसार सो प्रतियोगितामा महिला तथा पुरुष फुटबल, महिला तथा पुरुष भलिबल, पुरुष क्रिकेट र ब्याटमिन्टल लगाएतका खेलहरु संचालन हुने छ ।प्रतियोगितामा गाउँपालिकाको सात ओटै वडाका खेलाडीहरु सहभागी हुनपाउने छन् ।प्रतियोगिताको महिला तथा पुरुष फुटबल तर्फको विजेता समुहले नगद ४०/४० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार पाउनेछ भने उपविजेता समुहले नगद २०/२० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरीने छ ।
साथै महिला तथा पुरुष भलिबल तर्फको विजेता समुहले नगद १५÷१५ हजार रुपैयाँ सहित शिल्ड,मेडल र प्रमाण पत्र पुरस्कार पाउनेछ भने उपविजेता समुहले नगद १०/१० हजार रुपैयाँ सहित शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।त्यस्तै क्रिकेट तर्फ विजेता समुहले नगद १५ हजार र उपविजेता समुहले नगद १० हजार रुपैयाँ सहित शिल्ड,मेडल र प्रमाण पत्र प्रदान गरीने छ भने ब्याडमिन्टन तर्फको विजेता समुहले नगद ७ हजार र उपविजेता समुहले नगद ४ हजार रुपैयाँ सहित शिल्ड,मेडल र प्रमाण प्रदान गरीने आयोजकले जानकारी दिएको छ ।
सो प्रतियोगिता संचालनको लागि मरिण गाउँपालिकाले १० लाख रुपैयाँ बजेट छुट्याएको छ।


