मरिणमा २७ जना अनाथ बालबालिकाहरुलाई न्यानो पोशाक वितरण
सिन्धुली /सिन्धुलीको मरिण गाउँपालिकाले २७ जना अनाथ बालबालिकाहरुलाई न्यानो पोशाक वितरण गरेको छ ।पालिकाले आज शुक्रबार एक कार्यक्रम बीच मरिण गाउँपालिका ४ स्थित श्री मावि मरिण खयरसालमा अध्ययनरत २७ जना अनाथ तथा विपन्न बालबालिकाहरुलाई न्यानो पोशाक वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात)ले सिन्धुली खबरलाई जानकारी दिनुभयो ।
अध्यक्ष मुक्तानको अनुसार केही दिन यता अत्याधिक मात्रमा चिसो बढेपछि बालबालिकाहरु विरामी पर्न थाले पश्चात उक्त विद्यालयमा अध्ययनरत १७ जना अनाथ बालबालिका र १० जना विपन्न बालबालिका गरि जम्मा २७ जनालाई न्यानो पोशाक (ट्याकशुट) वितरण गरीएको हो ।मरिण गाउँपालिकाकै पहलमा पालिकाको वडा नम्बर ५ बडिमुहानमा स्थापना भएको गार्मेन्ट उद्योगबाट उत्पादन गरिएको न्यानो पोशाक उक्त बालबालिकाहरुलाई वितरण गरिएको उहाँले बतानुभयो ।
त्यस्तै सो विद्यालयमा १७ जना अविभावक विहिन, द्धन्द्ध पिडित लगायत अनाथ बालबालिकाहरु अध्ययनरत छन् । यस्तै विद्यालयमा अध्ययरत अधिकांश बालबालिकाहरु आदिवासी, जानजती तथा विपन्न समुदायका छन् ।आवासका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन गाउँपालिकाले गर्दै आएको छ ।
पोशाक वितरण कार्यक्रममा उक्त वडाका वडा अध्यक्ष जित बहादुर काल्तान, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर स्याङ्तान, गाउँपालिकाका पोषण अधिकृत मिना गिरी, विद्यालयका शिक्षकहरु, विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।


