गुर्माछान मगर परिवारको सहयोगमा टोपी तथा स्वीटर वितरण
सिन्धुली(तीनपाटन)/श्री बालज्योति आधारभूत विद्यालय तीनपाटन १ झुँगा सिन्धुलीमा अध्यायनरत वालबालिकाहरुलाई जाडोको कपडा वितरण गरिएको छ ।
स्थानीय गणेश वहादुर गुर्माछान, थिर बहादुर गुर्माछान, दिपिन्द्र गुर्माछान मगर परिवारको आर्थिक सहयोगमा विद्यालयमा अध्यायनरत वालबालिकाहरुलाई टोपी तथा स्वीटर वितरण गरिएको हो ।
विद्यालय समयमा विद्यालय व्यावस्थापन समितिको रोहवरमा जाडोको समयमा चिसोबाट बचाउन र सिकाईमा उत्प्रेरण मिलोस भन्ने उद्देश्यले कपडा वितराण् गरिएको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष थीर बहादुर गुर्माछान मगरले बताउनुभयो ।
चिसो मौसममा टोपी तथा स्वीटर लगाउन पाउदा विद्यालयमा अध्यायनरत विद्यार्थीहरु निकै खुशी भएका छन् । यस अघि सोहि परिवारबाट सोहि विद्यालयमा सरस्वति मन्दिरको निर्माण गरि मुर्ति समेत पदस्थापन (स्थापना) गरिएको थियो । त्यस्तै झुँगा गाउँमा शिवालय मन्दिर निर्माणका लागि गुर्माछान मगर परिवारबाट जग्गा उपलव्ध गराईएको थियो ।
त्यस्तै हाल झुँगा गाउँमा रहेको शक्ति पिठ मानिएको देवि स्थानमा सोहि गुर्माछान परिवारको मात्र आर्थिक सहयोगमा मन्दिर निर्माणाधिन अवस्थामा छ । सामाजिक तथा धार्मिक कार्यमा गुर्माछान परिवारले गर्दैआयको सहयोग प्रति झुँगा बासीले खुलैरै प्रशंसा गरेकाछन ।


