खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ सहित एक जना पक्राउ
सिन्धुली/सिन्धुलीमा प्रहरीले खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ सहित एक जना लाई नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार कमलामाई ९ भिमान बाट मोरङको विराटनगर महानगरपालिका. ५ का ३४ बर्षिय महम्मद समसिर लाई पक्राउ गरीएको हो ।
उहाँको अनुसार आज मंगलबार बिपि. राजमार्ग स्थित भिमान चेक पोष्टमा विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय बर्दिबासबाट संयुक्त रुपमा खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा काठमाडौँबाट राजबिराज तर्फ जादै गरेकोे बा ५ ख १९६७ नम्वरको हायसमा सवार यात्रु समसिरलाई लागु औषध सहित नियन्त्रणमा लिइएको हो ।
हायसको अन्तिम सिटमा सवार समसिरले लगाएको निलो रगंको जिन्स पाइन्टको अगाडी पट्टीको दाँया गोजीमा सेतो रङको २ वटा प्लास्टिकमा प्याकिङ गरी लुकाई छिपाई ल्याएको प्लास्टिक सहित २ सय १ दशमलब ६९० ग्राम र प्लास्टिक बाहेक शुद्द तौल १ सय ९५ दशमलब ५९० ग्राम रहेको प्रहरीले जानकारी दिएको छ ।त्यस्तै प्रहरीको अनुसार नियन्त्रणमा लिइएका समसिरको बारेमा आवश्यक अनुसन्धान भईरहेको छ ।


