सिन्धुलीमा आज राती ८ बजेबाट भोलि बिहान ६ बजेसम्म कर्फ्यु

सिन्धुली/सिन्धुलीमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ । बुधबार बेलुका ८ बजेबाट शुक्रबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो ।

सिन्धुलीको कमलामाई नगरपालिका ४ धुराफाँटमा ३२ वर्षीया सुशीला बम्जनलाई आफ्नै सासु, नन्द र ससुराले पेट्रोल छर्केर आगो लगाई हत्या गरेको विषयलाई लिएर स्थानियबासी बाट ढुङ्गमुढा प्रहार तथा हुलदंगा लगायतका गतिविधि हुँदा जिल्लाको शान्ति सुरक्षा व्यवस्थामा खलल पुग्ने देखिएकाले आज अर्थात पुष १० गते राति ८ः३० देखि शुक्रबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो ।

जिल्लाको कमलामाई नगरपालिका ४ भित्रको पूर्वमा ग्वाङखोला, पश्चिममा मदन भण्डारी राजमार्ग, उत्तरमा कुमल फाँट र दक्षिणमा धुराबजार चोकसम्म निषेधित क्षेत्र तोकिएको छ । ती स्थानमा सर्वसाधरण तथा अत्यावश्यक बाहेकका सवारी साधन आवतजावतमा रोक लगाइएको छ भने कुनै पनि किसिमको भेला, जुलुस र भेलाजन्य कार्य नगर्न र पाँच जनभन्दा बढी मानिस भेला नहुन आदेशमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *