मृतक सुशीलाको घर तोडफोड, स्थानीयहरु आक्रोशित
सिन्धुली /सुशीला घिसिङ बम्जनको घरमा तोडफोड गरीएको छ ।प्रहरीले घर खोल्न ताल्चा दिएको, अभियुक्तहरुले घरभित्रको सबै सामानहरु झिकेर लगेको र फेरी सामान ओसार पसार गर्न पीडक पक्ष आएको भन्दै स्थानीयहरु आक्रोशित भएर तोडफोड गरेका हुन ।
घटनाका क्रममा छोडिएका प्रमाणहरु नष्ट गर्न लागेको, घरका धनसम्पत्ति लुकाउन लागेको, लास नबुझी भाग्न खोजेको लगाएतका आरोप आफन्त र स्थानीयहरुको रहेको छ ।शवको पोष्टमार्टम गरेपछि प्रहरीले उक्त घरको ताल्चा खोल्न दिएको र सामानहरु ओसारपसार गरेको भन्दै आज बिहिबार स्थानीयहरुले नारावाजी गरेका हुन ।मृतकको देवर र हत्यामा संलग्न सासु माया रानीका २ बहिनी र बहिनीका २ छोरीहरुले सामानहरु लिन आएपछि स्थानीयले उनीहरुलाई निस्कन नदिई तोडफोडमा उत्रिएका हुन ।
उनीहरुका आफन्तहरु सामान ओसार्न आएपछि उनीहरु प्रहरी र पीडक परिवारसँग आक्रोशित बनेका थिए । सुशीलाका श्रीमान कोरियामा बैदेशिक रोजगारीमा रहेको र घरमा आउन नदिएर घरबाट शव नै नबुझी सबै भाग्न लागेको र भगाउनमा प्रहरीको ठुलो हात रहेको भन्दै स्थानीयहरुले आरोप लगाएका छन् ।स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरी र जनपथ प्रहरी ठूलो संख्यामा खटाए पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन । सुशीलाको गत आईतबार आफ्नै ५१ बर्षिय सासु माया रानी बञ्जन र नन्द ३५ बर्षिय मीना लामाले पेट्रोल छर्केर आगो लगाई हत्या गरेका हुन ।


