जिल्ला अस्पतालको नव निर्मित भवन उद्घाटन

सिन्धुली /जिल्ला अस्पताल सिन्धुलीको नव निर्मित भवन आज एक विशेष समारोह बिच उद्घाटन गरीएको छ ।भवनको बागमती प्रदेश सरकारका मुख्य मन्त्री इन्द्र बहादुर बानियाँ र स्वास्थ्य मन्त्री किरण थापा मगरले सयुक्त रुपमा उद्घाटन गनु भएको हो ।

१०० शैयाको उक्त भवन संघीय सरकारको २६ करोड ७६ लाख २६ हजार ७ सय सैंतीस रुपैयाँ सत्तासी पैसा लागतमा तयार भएको हो ।

प्रमुख अतिथि बानियाँले कार्यक्रममा बोल्नुहुँदै १३ ओट जिल्ला रहेको बगमती प्रदेशले १३ ओटै अस्पतालहरु लाई व्यस्थीत रुपमा अगाडी बढाउनको लागि भौतिक पुर्वधार मात्र नभई गुणस्तरीय र बिसोसनिय सेवा दिनको लागि आवश्यक जनसक्तिको व्यवस्था मिलाएको र अझै नपुगलाई मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै उहाँले जिल्ला अस्पतालमा आइसियुको आवश्यकता रहेकाले आगामी वर्ष रकमको व्यवस्थ गर्ने र सो प्रक्रियाको लागि सामाजिक, प्रविधि र प्राविधिकको व्यवस्था मिलाउन प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

त्यस्तै स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रदेश सरकार अन्य कुरामा पनि जिल्ला संग जोडीन तयार रहेको बताउनुहुँदै आगामी वर्षमा अस्पताल भवन निर्माणमाको लागि डिपीआर तयार गरेर त्यस्को प्रोसेस अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो साथै मगरले आइसियुको सेवा सुरु गर्नको लागि पनि अस्पताललाई वजेटमा राखेर कार्यक्रमहरु अगाडी बढाउने बताउनुभयो। त्यस्तै शिक्षा र स्वास्थलाई कम प्रथामिकतामा राख्न नहुने बताउनुहुँदै सबै नगरिकहरु स्वस्थ रहेमा मात्र समाजमा रहेका मानिसहरु स्वस्थ रहने र आर्थीक कुराहरु पनि स्वस्थ हुँदै जाने बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दँै जिल्ला अस्पतल सिन्धुलीका निर्देशक सुसान्त खड्काले अस्पतालमा अहिले आकस्मिक उपचार, बहिरंग, अन्तरंग, मातृ तथा शिशु स्वास्थ्य, सधन उपचार, प्रयोगशाला, सी आई एस सी ए एन सहितको रेडियोलोजी, फार्मेसी ए आर टी क्लिनिक, ओ सी एम सी सामाजिक सुक्षा कार्यक्रम तथा विभिन्न किसिमका शल्यक्रिया सेवाहरु प्रदान गर्दै आइरहेको बताउनुभयो ।साथै उहाँले प्रदेशको, डेन्टर हेल्थ परियोजना अनुरुप, अस्पताल सेवालाई– डिजिटल र प्रभावकारी बनाउने उद्देश्यले, पछिल्लो एक महिनादेखि इलेक्ट्रोनिक मेडिकल रेकर्ड आइ एम आर प्रणाली कार्यान्वयनमा ल्याइएको र प्रदेश मा हु ले सपोट गरेको यो प्रणाली अपनाउने पहिलो अस्पताल रहेको बताउनुभयो । हाल अस्पतालमा १०० शैयाको स्वीकृति प्राप्त भएतापनि भौतिक संरचना ५० शैयाको मात्र रहेको छ भने सो भवन माथि ८–१० कोठे ट्रस निर्माण गर्न सकिए, पूर्ण शैया संचालन गर्न सकिने छ ।

यस्तै उहाँले सिन्धुली अस्पतालमा प्रारम्भिक चरणमै भएपनि ओ पी डि दर्ता, सम्पूर्ण उपचार विवरण ल्याब टेस्ट बिलिङ तथा औषधि प्रिस्क्रिप्सनजस्ता सेवाहरू उक्त प्रणालीमार्फत सञ्चालन भइरहेको र स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवाहरुको समयमै रकम भुक्तानी नहुनाले अस्पतालको नियमित सञ्चालन, औषधि आपूर्ति तथा व्यवस्थापकीय खर्चमा केही व्यवहारिक कठिनाइहरू सिर्जना भइरहेको बताउनुहृँदै अस्पताल प्रशासन र स्थानीय समुदाय दुवै पक्षबाट, यस अस्पताललाई सफा, सुरक्षित, पारदर्शी र सेवामैत्री बनाउनका लागि, पूर्ण प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जिल्ला अस्पताल सिन्धुलीका अध्यक्ष सतिस चन्द्र ढकालको अध्यक्षता तथा बागमती प्रदेश सरकारका मुख्य मन्त्री इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, जिल्लाका माननियहरु,९ओटै स्थानियतहका प्रमुखहरु,वडा अध्यक्षहरु,जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष  लगाएत ,सुरक्षा निकायका प्रमुखहरु र जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *