पाँचौं मरिण महोत्सव सुरू
सिन्धुली/मरिण महोत्सव २०८२ को आज बुधबार एक कार्यक्रम बीच उद्घाटन गरिएको छ ।
महोत्सवको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान ‘प्रख्यात´ ले आज बुधबार एक कार्यक्रम बीच पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको हो ।
महोत्सव उद्घाटन गर्नुहुदै गाउँपालिका अध्यक्ष मुक्तान पहिलो पटक महोत्सव आयोजना गर्दाको पललाई सम्झदै आजका दिन सम्म अर्थात् ५ औं मरिण महोत्सव सम्म आइपुन धेरै कठिनाई भोग्नु परेको र आज सम्म आइपुग्दा सुधार हुँदै गएको बताउनुभयो।
त्यस्तै उहाँले सो महोत्सवले पर्यटन क्षेत्रमा पनि विशेष टेवा पुग्ने बताउनुभयो । त्यस्तै महोत्सवहरु कै कारण विगतमा भन्दा अहिले पालिकामा धेरै पर्यटकहरु आउने हेर्ने र अबोलोकन गर्ने गरेका बताउनुभयो।साथै उहाँले सधैं आफूहरु मरिणको नागरिकहरुको पक्षमा लडिरहेको बाउनुभयो।
यस्तै उक्त महोत्सवले मरिण क्षेत्रका मौलिक संस्कृति, कला, परम्परा तथा स्थानीय उत्पादनलाई राष्ट्रियस्तरसम्म चिनाउने लक्ष्य राखिएको उद्योग वाणिज्य संघ मरिणका अध्यक्ष चिनध्वज बम्जनले जानकारी दिनुभएको छ ।
मरिण महोत्सव केवल उत्सव मात्र होइन, यो हाम्रो पहिचान, परम्परा, स्थानीय उत्पादनको प्रवद्र्धन तथा पर्यटन सम्भावनाको उत्सव हो” भन्ने मूल नारासहित सुरु भएको सो महोत्सव मरिण गाउँपालिकाको आर्थिक सहयोग तथा सिन्धुली उद्योग वाणिज्य संघ मरिण शाखाको आयोजनामा सञ्चालन भएको हो ।उक्त महोत्सव २१ गतेसम्म संचालन हुने छ ।
महोत्सव अवधिभर सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनको प्रदर्शनी, व्यापारिक स्टल, मनोरञ्जनात्मक गतिविधि तथा विविध कार्यक्रमहरू सञ्चालन हुने छ ।
महोत्सवको उद्घाटनमा पालिका उपाध्यक्ष विमला माझी,प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन श्रेष्ठ, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।


