मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते
सिन्धुली /सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदीको अनुसार घाइते हुनेमा मोटरसाइकल चालक सुनकोशी गाउँपालिका ३ बस्ने बर्ष २२ का किशोर माझी रहेका छन् ।
आज दिउँसो करिव १ः१५ बजेको समयमा सिन्धुलीको सुनकोशी ३ झागाझोली स्थित बि.पी. राजमार्ग सडक खण्डमा नेपालथोकबाट रातामाटातर्फ आउँदै गरेको बा ८७ प ९३७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको डिभाईडरमा ठोक्किदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
प्रहरीको अनुसार उनको शरिरमा बाहिरी भित्री चोट लागेको छ भने घाइतेलाई स्थानिय प्रधान मेडिकल रातामाटामा सामान्य उपचार पश्चात थप उपचारको लागी दिउँसो २;३० बजेको समयमा धुलिखेल अस्पताल पठाइएको छ ।
प्रतिक्रिया


