पाँचौँ मरिण महोत्सवमा स्थानीय बिदा, मुक्तानले उद्धाटन गर्ने
सिन्धुली/ सिन्धुलीको मरिण गाउँपालिकाले पाँचौँ मरिण महोत्सव २०८२ को अवसरमा बुधबार एक दिन स्थानीय बिदा दिने भएको छ । मरिण गाउँपालिकाले सोमबार एक सुचना प्रकाशन गर्दे महोत्सवलाई भव्य, सभ्य तथा मर्यादित रूपमा सफल बनाउन स्थानीय बिदा दिने निर्णय गरेको पालिकाले प्रकाशन गरेको पत्रमा उल्लेख गरीएको छ ।
सो अवसरमा मरिण गाउँपालिका अन्तर्गतका सबै कार्यालयहरू, मातहतका कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरूमा आकस्मिक र अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द रहने उक्त सुचनामा उल्लेख छ ।
“मरिण महोत्सव केवल उत्सव मात्र होइन, यो हाम्रो पहिचान, परम्परा, स्थानीय उत्पादनको प्रवद्र्धन तथा पर्यटन सम्भावनाको उत्सव हो” भन्ने मूल नारासहित मरिण गाउँपालिकाको आर्थिक सहयोग तथा सिन्धुली उद्योग वाणिज्य संघ मरिण शाखाको आयोजनामा सञ्चालन हुन लागेको महोत्सव भोलि ९ गतेदेखि पौष २१ गतेसम्म संचालन हुने छ । महोत्सव मरिण गाउँपालिकाका अध्यक्ष विमर्स मुक्तानले उद्धाटन गर्ने आयोजकले जानकारी दिएको छ ।


