गत वर्षको तुलनामा चैते धानको उत्पादन बढ्यो
सिन्धुली/सिन्धुलीमा गत वर्षको तुलनामा चैते धानको उत्पादन केहिमात्रमा बढेको छ । कूषि विकास कार्यालय सिन्धुलीको अनुसार यस वर्ष जिल्लामना ५ हजार ९८ मेट्रिक टन धान उत्पादन भएको छ ।
कूषि विकास कार्यालय सिन्धुलीका सुचना अधिकारी उमा देवि श्रेष्ठको अनुसार गत वर्ष जिल्लामा ४ हजार नौं सय ९६ मेट्रिक टन चैते धान उत्पादन भएको थियो ।समयमै सबै कुरा उपलब्ध भए पश्चात चैते धानको केहिमात्रमा उत्पादन बढेको हो ।चैते धान विषेशगरी जिल्लाको ९ स्थानीय तहहरु मध्य ५ ओटा स्थानीय तहहरुमा मात्र उत्पान हुने गरेको कूषि विकास कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
उक्त धान जिल्लाको कमलामाई नगरपालिका, दुधौली नगरपालिका,तीनपाटन गाउँपालिका,हरीहरपुरगढी गाउँपालिका र गोलन्जोर गाउँपालिकामा उत्पादन हुने गरेको सो कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्ल्ेख गरीएको छ ।त्यस्तै यस वर्ष जिल्लामा चैते धान कमलामाईमा २ हजार ५ सय २८,दुधौली १ हजार ६ सय ६३ मेट्रिक टन धान उत्पादन भएको छ ।साथै तीनपाटनमा ७ सय ११,हरीहरपुरगढीमा ४ र गोलन्जोर गाउँपालिकामा ९० मेट्रिक टन चैते धान उत्पादन भएको कूषि विकास कार्यालय सिन्धुलीका सुचना अधिकारी उमा देवि श्रेष्ठले सिन्धुली खबरलाई जानकारी दिनुभयो ।
उसो माथिको तथ्याङ्क हेर्दा सबै भन्दा धेरै चैते धान यस वर्ष कमलामाईमा २ हजार ५ सय २८, मेट्रिक टन उत्पादन भएको छ भने सबै भन्दा कम हरीहरपुरगढीमा ४ मेट्रिक टन उत्पादन भएको छ । उक्त कार्यालयको अनुसार जिल्लाको ,घ्याङलेख गाउँपालिका,सुनकोशी गाउँपालिका, फिक्कल गाउँपालिका र मरिण गाउँपालिकामा चैते धान उत्पादन भएको छैन् । यस वर्ष जिल्लामा १ हजार १ सय ७४ हेक्टरमा चैते धान रोपिएको थियो ।


