स्थानीय उत्पादन, उद्योग, व्यापार, पर्यटन, कला–संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव हुँदै

सिन्धुली/सिन्धुलीमा स्थानीय उत्पादन, उद्योग, व्यापार, पर्यटन, कला–संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव संचालन हुने भएको छ ।सिन्धुली उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव आउँदो माघको ९ गते देखि १९ गते अर्थात ११ दिन सम्म कमलामाई ६ स्थित खुल्ला मंचमा संचालन हुने भएको हो ।

महोत्सव अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुतिहरु रहने छ भने कृषि तथा औद्योगिक प्रदर्शनी, व्यापारिक स्टल, मनोरञ्जनात्मक कार्यक्रमहरु लगायत विविध आकर्षणहरु समेत रहने छन् । स्थानीय उत्पादनको बजारीकरण, उद्यमशीलता प्रवद्र्धन तथा जिल्लाको पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित महोत्सवको आयोजना गरीएको सिन्धुली उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।

साथै आयोजकको अनुसार अहिले महोत्सवको लागि विभिन्न व्यावसायिक स्टल, स्थानीय उत्पादनहरूको प्रदर्शनीका लागी स्टल बुकींग खुल्ला गरीएको छ ।साथै उक्त महोत्सवमा सहभागि भई मनोरञ्जन लिन आयोजकले सबैलाई आग्रह समेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *