सिन्धुलीमा आगलागि हुँदा एक महिलाको मृत्यु

सिन्धुली /सिन्धुलीमा आज आइतबार पेट्रोलियम पदार्थ बाट आगलागि हुँदा एक महिलाको घटना स्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार हरिहरपुरगढी –४ महेन्द्रझ्याडी घर भइ हाल कमलामाइ नगरपालिका –४ धुराफाटमा बसोबास गर्दै आइरहेकी ३२ बर्षिया सुशिला बम्जनको मृत्यु भएको हो ।

उहाँको अनुसार बुहारीको शरिरमा आगो लागेको देखेर आगो निभाउन गएका बर्ष ६२ का सुशिलाका ससुरा दुर्गामान बम्जन पनि घाइते भएका छन् ।घाइते ससुरा दुर्गामान बम्जनको दाहिने हात, दाहिने खुट्टा र ढाड जलेको छ । हाल उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भईरहेको छ ।साथै उक्त घटना बारे थप अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *