गोलन्जोरमा २ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
सिन्धुली/सिन्धुलीको गोलन्जोर गाउँपालिकामा २ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बागमती प्रदेश हेटौडा र समुदाय पद्धति बिकास सेवा,सिन्धुलीको सहकार्यमा उक्त शिविर सञ्चालन हुने भएको हो ।
शिविर यही आउँदो ८ गते बिहान ८ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म र ९ गते बिहान ८ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म गोलन्जोर आधारभूत अस्पताल, ग्वाल्टारमा संचालन हुने पालिकाले जानकारी दिएको छ ।दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकहरू बाट हाडजोर्नी तथा नसा रोग, स्त्री तथा प्रसूति रोग, रेडियोलोजी तथा एक्सरे, भिडियो एक्सरे,जनरल फिजिसियन,छाला तथा यौन रोग, सुगर, प्रेसर, थाइराइड जाँच तथा परामर्श,रगत तथा दिसा, पिसाब र खकार परीक्षण र निःशुल्क औषधि वितरण गरीने छ ।
उक्त शिविरमा पालिकाले पालिकाबासी लाई सहभागीभई मौकाको फाइदा उठाउन अनुरोध समेत गरेको छ ।


