घ्याङलेख गाउँपालिकामा पुरुष फुटबल र भलिबल प्रतियोगिता हुने
सिन्धुली/सिन्धुलीको घ्याङलेख गाउँपालिकामा खेलकुद विकास समितिको आयोजनामा गाउँपालिका स्तरीय पुरुष फुटबल तथा भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । गाउँपालिकाले आज बिहिबार एक सुचना प्रकाशन गर्दे आगामी माघ १२ गतेदेखि १४ गतेसम्म घ्याङलेख–२ स्थित डुम्रि खेलमैदानमा प्रतियोगिता संचालज हुने जानकारी दिएको हो ।
प्रतियोगितामा घ्याङलेख गाउँपालिकाभित्रका टिमहरू मात्र सहभागी हुन पाउने छन् । त्यस्तै प्रतियोगिता खेल प्रचलित नियमअनुसार सञ्चालन गरिनेछ ।खेल सञ्चालनका क्रममा उत्पन्न हुने विवादमा रेफ्री तथा व्यवस्थापकको निर्णय नै अन्तिम हुने उक्त पत्रमा उल्लेख गरीएको छ । खेलाडीहरुको चोटपटक लगेमा प्राथमिक उपचार मात्र आयोजकले गर्ने छ ।साथै टिम दर्ताको लागि माघ १० गतेभित्र खेलाडिहरुले नगरिकता वा जन्म दर्ताको प्रतिलिपि र पासपोर्ट साइजको २ प्रति फोटो गाउँपालिकाको खेलकुद विकास समितिको बुझउनु पर्ने उक्त सुचनामा उल्लेख छ ।
प्रतियोगितामा सहभागिभइ पहिलो,दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई रकम वितण गरीने छ । जसअन्तर्गत फुटबलतर्फ प्रथम हुनेलाई रु. ७०,००० रुपौयाँ ,द्वितीय हुनेलाई रु. ४५,००० रुपौयाँ र तृतीय हुनेलाई रु. ३०,००० रुपौयाँ प्रदान गरीने छ । त्यस्तै भलिबलतर्फ प्रथम हुनेलाई रु. ४०,००० रुपौयाँ, द्वितीय हुनेलाई रु. ३०,००० रुपौयाँ र तृतीय हुनेलाई रु. २०,००० रुपौयाँ प्रदान गरीने उक्त सुचनामा उल्लेख छ ।


