बेवारिसे अवस्थामा फेला परेको बोलेरो सवारी धनीलाई बुझाइयो
सिन्धुली/सिन्धुलीको दुधौली नगरपालिकामा बेवारिसे अवस्थामा फेला परेको बोलेरो गाडी सवारी धनीलाई बुझाइएको छ । दुधौली ४ डकाहा स्थित मदन भण्डारी राजमार्गमा पार्किङ गरी राखिएको कुखुरा बोक्ने बोलेरो गाडी इलाका प्रहरी कार्यालय डकाहाले सवारी धनीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदिले जानकारी दिनुभयो ।
उहाँको अनुसार इलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी सहायक निरीक्षक नकुल भुजेलको कमाण्डमा खटिएको ५ जनाको गस्ती टोलीले हिजो मंगलबार दिउँसो ३ः१५ बजेको समयमा डकाहा स्थित दनुवार होटल अगाडि पार्किङ गरी राखिएको ना ३ च ७१७५ नम्बरको बोलेरो गाडी बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो ।त्यस पश्चात सवारीलाई आवश्यक सुरक्षाका साथ इलाका प्रहरी कार्यालय डकाहामा ल्याई राखिएको थियो ।
त्यस्तै आवश्यक अनुसन्धान पछि उक्त सवारी धनीको पहिचान खुले पश्चात् आज बुधबार साँझ ५ः४० बजेको समयमा सवारी धनी जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१७ निवासी वर्ष अन्दाजी ३५ का सन्तोष थापालाई गाडी बुझाइएकोे प्रहरीले जानकारी दिएको छ ।


