जेनजी आन्दोलमा सिन्धुलीमा २४ करोड भन्दा धेरैको क्षती
सिन्धुली/सिन्धुलीमा गत भदौमा भएको जेनजी आन्दोलमा २४ करोड भन्दा धेरैको क्षती भएको छ । जिल्ला प्रसाशन कार्यालय सिन्धुलीको अनुसार गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलमा २४ करोड ५९ लाख ८५ हजार ६ सय १० रुपौयाँ बराबरको क्षती भएको हो ।
उक्त कार्यालयको अनुसर १० ओटा सरकारी कार्यालका भवन तथा अन्य सामानहरु जल्दा करीब ९ करोड ४० लाख ५५ हजार ७ सय ५ रुपौयाँ बराबरको क्षती भएको छ भने ५ ओटा संस्थाहरुका भवन तथा अन्य सामानहरु जल्दा २ करोड ७२ लाख ४३ हजार ९ सय बराबरको क्षती भएको हो । साथै ६ओटा व्यक्तिगत भवनहरु जल्दा १२ करोड ४६ लाख ८६ हजार ५ रुपौयाँ बराबरको क्षती भएको जिल्ला प्रसाशन कार्यालयले उपलब्ध गराएको तथ्याङ्क उल्लेख गरीएको छ ।
त्यस्तै सबै भन्दा धेरै व्यक्तिगत भवनहरु जल्दा १२ करोड ४६ लाख ८६ हजार ५ रुपौयाँ बराबरको क्षती भएको उक्त तथ्याङ्कमा उल्लेख छ ।


