सिन्धुलीमा पहिलो पटक जुनार प्रवर्द्धन मेला हुने

सिन्धुली/सिन्धुलीको गोलन्जोर गाउँपालिकामा पहिलो पटक जुनार प्रवर्द्धन मेला हुने भएको छ । जुनार प्रवर्द्धन मेला गोलन्जोर ४ तीनकन्या स्थित माझकुभिण्डेमा हुने भएको हो ।

गोलन्जोर गाउँपालिकाको आयोजनामा हुन लागेको उक्त मेला ३ दिन सम्म अर्थात् २३ गतेदेखि २५ गतेसम्म गोलन्जोर ४ तीनकन्या स्थित माझकुभिण्डेमा संचालन हुने गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले सिन्धुली खबरलाई जानकारी दिनुभयो ।साथै उहाँले सिन्धुलीको पहिचान जुनारलाई गुणस्तरीय र व्यवसायिक रुपमा उत्पादनतर्फ उन्मुख बनाउन तिन दिने मेलाले अझ धेरै महत्वपूर्ण भुमिका खेल्ने बिश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै स्थानीय उत्पादन जुनारलाई प्रवर्द्धन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनारी गराउने उद्देश्यले सो मेलाको आयोजना गरिएको पालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले बताउनुभयो । त्यस्तै उहाँले सो मेलाको सबै जनालाई प्रचार प्रसार गर्न आग्रह समेत गर्नुभएको छ ।

३ दिन सम्म संचालन हुने मेलामा झाकी ¥याली सहितको जुनार बगैँचा अवलोकन, स्थानीय कृषि उपजहरुको प्रदर्शनी, सिन्धुली कलाघर,स्थानीय कलाकार तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती र कृषक तथा कृषि विज्ञ बीच प्राविधिक वार्तालाप गरिने छ ।उसो त अहिले मेलाको तयारी धमाधम भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *