नगरस्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

सिन्धुली /सिन्धुलीमाढीमा आज शुक्रबार नगरस्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिता गौमती पूर्व विद्यार्थी समाजको आयोजना तथा गौमती माध्यमीक विद्यालयको समन्वयमा भएको हो ।

प्रतियोगितामा नगरका ११ ओटा माध्यमिक विद्यालयहरुका ३३ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । जसअन्तर्गत पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई नगद र प्रमाण पत्र वितरण गरिएको थियो ।
जस्मा जनजागृति मावि भिमानले पहिलो स्थान हासील गरेको छ भने गौमती मावि सिन्धुलीमाढीले दोस्रो स्थान र कमला मावि ढुंग्रेबासले तेस्रो स्थन हासिल गरेको छ । प्रतियोगितामा पहिलो हुनेलाई १५ हजार, दोस्रो हुनेलाई ९ हजार र तेस्रो हुनेलाई ६ हजार नगद र प्रमाण पत्र वितरण गरिएको थियो ।

गौमती पूर्व विद्यार्थी समाजका अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गौमती माध्यमीक विद्यालयका प्रधानाध्यापक दिपक बुढाथोकी,नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका अध्यक्ष असोक श्रेष्ठ, विद्यार्थीहरु र शिक्षकहरुको सहभागिता रहेको थियो । सो कार्यक्रम शिक्षक वरुण लामिछानेले संचालन गर्नुभएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *