लापसे चेकजाँच गर्दा ६ जना चालक प्रहरी नियन्त्रणमा

सिन्धुली/जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बिहिबार लागु प्रदार्थ सेवन गरि गाडी चलाउने ६ जनालाई  नियन्त्रणमा लिएको छ ।
सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले सवारी चेकजाँच गरीएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

सुवेदीको अनुसार जनस्वास्थ्य कार्यालय सिन्धुली , जिल्ला प्रहरी कार्यालय सिन्धुली र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीकोे संयुक्त आयोजनामा हिजो बिहिबार सिन्धुलीको कमलामाई नगरपालिका ७ गडौली पुलस्थित बिपी राजमार्ग सडकखण्डमा सञ्चालन गरिएको सवारी चालकहरूको स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत ६ जनालाई नियन्त्रणमा लिएको हो

बीपि राजमार्ग भएर सञ्चालन हुने ट्रक, बस, माईक्रो, सुमो, ईलेक्ट्रिक भ्यान र पिकअप समेत गरि ३२ वटा सवारी साधनका चालकहरुलाई लागु पदार्थ सेवन चेकजाँच गरिएकोमा ३२ वटा किटको प्रयोग गर्दा ६ जना सवारी चालकको लागु पदार्थ सेवन पोजेटिभ भेटिएको सुवेदीले जानकारी दिनुभयो ।
त्यस्तै पोजेटिभ भेटिनेहरुमा म.प्र.०२–००९प १२७५ नम्बरको स्कुटर चालक सिन्धुलीको गोलोन्जोर १ बस्ने २३ वर्षीय चेतराज नेपालि, प्र.१०१–०१८प ९३३ नम्बरको मोटरसाइकल चालक कमलामाई ६ धुराबजारका २८ वर्षीय बिनोद शंकर र बा ८१ प७१०१ नम्बरकोे मोटरसाइकल चालक कमलामाई न.पा ६ राम्माडी बस्ने ३० वर्षीय नरेन्द्र भण्डारी रहेका छन् ।

त्यस्तै लापसे गर्नेहरुमा बा ६१ प ७४२९ नम्बरको मोटरसाइकल चालक उदयपुरको बेलका नगरपालिका १ बस्नेका २३ वर्षीय गोबिन्द सिक्देल, प्र.२–०२–००१ प ८४८६ नम्बरको मोटरसाइकल चालक रामेछापको उमाकुण्ड गाउँपालिका ३ का २४ वर्षीय कुशराज सुनुवार र प्र.१–०२–०५८प २८३४ नम्बरको मोटरसाइकल चालक झापाको दमक नगरपालिका ५ का २५ वर्षीय तुसाहाङ सावा रहेका छन् । निज चालकहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट आवश्यक कारबाही गरिने प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *