दुधौली नगरपालिकामा करेन्ट लाग्दा एक वृद्ध घाईते
सिन्धुली / सिन्धुलीको दुधौली नगरपालिकामा करेन्ट लाग्दा एक वृद्ध घाईते भएका छन् ।
घाईते हुनेमा दुधौली ६ का ६९ बर्षीय प्रेम बहादुर विश्वकर्मा रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीले जाकारी दिनुभयो ।
उहाँको अनुसार उनको बाँया हातको ३ वटा औला र बाँया आँखामा चोट लागेको छ ।
उनलाई आज बिहिबार दिउँसो करिब साढे १ बजेको समयमा हर्षाही वन समितिको निर्माणाधिन भवनमा काम गर्ने क्रममा अचानक करेन्ट लागेको हो ।
घाईते भएका उनलाई उपचारका लागी दुधौली नगर अस्पताल सिर्थौली लगिएका छ ।
प्रहरीको अनुसार उनको अवस्था मध्यम रहेको छ ।
प्रतिक्रिया


