फिक्कलमा माध्यमिक विद्यालय स्तरीय बृहत् शैक्षिक विज्ञान प्रदर्शनी
सिन्धुली / फिक्कल गाउँपालिकामा माध्यमिक विद्यालय स्तरीय बृहत् शैक्षिक विज्ञान प्रदर्शनी कार्यक्रम–२०८२ गरीएको छ ।
फिक्कल गाउँपालिका सिन्धुलीको आयोजनामा बुधबार उक्त कार्यक्रम गरीएको हो ।
उक्त प्रतियोगितामा सहभागी भई पहिलो,दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई नगद र प्रमाणपत्र वितरण गरीएको थियो ।
पालिकाको अनुसार प्रथम स्थान हासिल गर्न सफल श्री मा.वि. सालुकेलेलाई रु १०,००० रुपौयाँ, द्वितीय स्थान हासिल गर्न सफल श्री प्रकाशोदय मा.वि. खुरहरीलाई रु ७,००० रुपौयाँ र तृतीय स्थान हासिल गर्न सफल श्री महाकाली मा.वि. पोटीखाङसाङलेलाई रु ५,००० रुपौयाँ सहित प्रमाणपत्र प्रदान गरीएको थियो ।
प्रतिस्पर्धात्मक मोडेल तथा प्रस्तुतीकरणहरूको मूल्यांकन सम्पन्न गर्दा निर्णायक मण्डलले मौलिकता, वैज्ञानिक आधार, प्रयोगशीलता, प्रस्तुतीकरण शैली, प्रभावकारिता तथा व्यवहारिक सान्दर्भिकतालाई मुख्य मापदण्ड बनाईएको थियो । सोही आधारमा प्राप्त नतिजाअनुसार गाउँपालिकाभित्रका उत्कृष्ट तीन विद्यालयले पुरस्कार हात पारेका हुन ।
त्यस्तै पालिकाले सबै विजयी विद्यालय तथा सहभागी विद्यार्थीहरूलाई शुभकामना दिँदै कार्यक्रममार्फत विद्यार्थीहरूको सिर्जनात्मकता, वैज्ञानिक सोच तथा अनुसन्धान क्षमताको उल्लेखनीय प्रदर्शन भएकोमा खुसी व्यक्त गरेको छ ।
फिक्कल गाउँपालिका अध्यक्ष श्री पार्वती सुनुवारको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु विद्यालयका प्रधानाध्यापक, शिक्षक एवं विद्यार्थीहरूको सक्रिय उपस्थिति रहेको थियो ।


