सिन्धुलीको कारागारबाट भागेका कैदी प्रहरीको नियन्त्रणमा

सिन्धुली / सिन्धुलीको कारागारबाट भागेका एक जना कैदीलाई मंगलबार नियन्त्रणमा लिएको छ ।

गत भदौ २५ गते सिन्धुली कारागारबाट भागेका उदयपुरको कटारी नगरपालिका–२ ददरियाका ४७ वर्षीया रुद्र बहादुर परियार मंगलबार आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्यप्रकाश सूवेदीले जानकारी दिनुभयो ।

उहाँको अनुसार उनि जवर्जस्ती करणिको मुद्दामा २० बर्षको कैद सजायमा परेका थिए । गएको भदौँमा कारागारबाट भागेका उनलाई आफ्नै घरमा लुकिछिपी बस्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी दुधौलीबाट खटि गएको प्रहरी टोलीले घरमै बसिरहेको अवस्थामा फेला पारेको हो ।

हाल परियारलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय डकाहा तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *