अपांगता व्यक्तिहरुलाई सम्मान तथा शुभकामना आदानप्रदान गरेर ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो

सिन्धुली / सिन्धुलीमा ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस सदरमुकाममा प्रभातफेरी र्याली र अपांगता भएका व्यक्तिहरुलाई सम्मान तथा शुभकामना आदानप्रदान गरेर मनाईएको छ ।
सिन्धुली अपांग महिला संघ, सिन्धुली अपांग संघ, अपांग कल्याण संघ, बौद्धिक अपांग अभिभावक संघ, सिन्धुली बहिरा संघको आयोजना तथा कमलामाई नगरपालिका, प्लान नेपाल, ह्याण्डस् नेपाल र जनजाती समाज विकास कार्यक्रमको संयुक्त सहयोग उक्त कार्यक्रम गरीएको हो ।

सो अवसरमा अपांगता भएका र समाजमा प्रेरणादायी भूमिका निर्वाह गर्दे आएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । अपांगता अधिकारका क्षेत्रमा क्रियाशिल रहनु भएको किरण श्रेष्ठ , टिनु तामाङको उदाहरणीय जोडी र सफल उद्यमी इच्छे सार्कीलाई सम्मान गरिएको हो ।

सो अवसरमा कमलामाई नगरपालिका सिन्धुलीका प्रमुख तथा कार्यम्रका प्रमुख अतिथि समेत रहनु भएको उपेन्द्र कुमार पोखरेलले कुनै पनि भेदभावको अनत्य गर्न परिवर्तनको लागि आफ्नो तनमन बाटनै लाग्नु पर्ने कुरालाई जोड दिनुभयो ।त्यस्तै उहाँले अपांगता, लिंग, वर्ण, जातका आधारमा विदेभ नगरि कानुनी व्यवस्थालाई कार्यान्वयनमा लग्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

साथै जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्कीले अपांगता भएका व्यक्तिहरुलाई हौसाला बढाउन आवश्यक रहेको र मनदेखि अपांग छु, केहि गर्न सक्दिन भन्ने मनोविज्ञानबाट बाहिर निस्कन समेत आग्रह गर्नु भएको छ ।

यस्तै सिन्धुली अपांग महिला संघका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष दिलकुमारी देवकोटा (दिपा) ले अझै पनि अपांगता भएका व्यक्तिहरुको आवज ओझेलमा परिरहेको र यस्तो बेला सरोकारवालाहरु बोल्न आइ दिँदा निकै खुसी लागेको बताउनुभयो । त्यस्तै उहाँले अपांगता भएका व्यक्तिहरुको धेरै चुनौतीहरु रहेको समेत बताउनुभयो

सिन्धुली अपांग महिला संघका अध्यक्ष दिलकुमारी देवकोटा (दिपा) को अध्यक्षता तथा कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटा,नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका अध्यक्ष असोक श्रोष्ठ बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि अपांगता भएका व्यक्ति लगायत पत्रकराहरुको सहभागिता रहेको थियो ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *