एएनआर कार्यक्रम कार्यान्वयनमा सहयोगका लागि समुदाय स्तरमा अन्तरक्रिया

 

सिन्धुली / जिल्लाको तीनपाटन गाउँपालिका १ बेलघारीको झुगाँमा आज मंगबार प्रकृतिक पुनरुत्पादन सहयोग कार्यक्रम (एएनआर)सम्बन्धि समूदाय स्तरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक बन क्षेत्रमा जलवायु उत्थानशील कार्यक्रम सन्चालन गर्न के कस्ता कृयाकलापहरु  गर्ने भन्ने उद्देश्यले गरिएको सो कार्यक्रम चुरे उत्थानशील आयोजना बागमती प्रदेश, आयोजना व्यवस्थापन इकाई सिन्धुलीको आयोजनामा भएको हो ।

अन्तरक्रियामा सामुदायिक वन क्षेत्रमा जलवायु उत्थानशील कार्यक्रम कसरी प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो ।

सामुदायिक वनभित्र झाडी सफाइ, रिचार्ज पोखरी निर्माण, बाँसको चेकड्याम, अग्निरेखा निर्माण जस्ता गतिविधिहरू सञ्चालन गर्नुपर्ने सहभागीहरुले बताएका थिए । झुँगा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष राजेन्द्र काकीको अध्यक्षतामा भएको कार्यक्रममा समूहका ४२ जना उपभोक्ताको सहभागीता रहेको थियो ।

सो कार्यक्रम व्यवस्थापन ईकाई, बाग्मति प्रदेश सिन्धुलीका प्राविधिक अधिकृत सरोज राई र रेञ्जर सगुन थापाले सहजिकरण गर्नुभएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *