३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा दिप प्रज्वलन

सिन्धुली / ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आज सिन्धुलीमाढीमा दिप प्रज्वलन गरीएको छ ।
दिप प्रज्वलन  आज साँझ कमलामाई नगरपालिका अगाडि महिला अपाङ्ग संघ सिन्धुलीका अध्यक्ष दिल कुमारी देवकोटा (दिपा) को अध्यक्षता तथा  नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा गरीएको हो ।

उक्त अवसरमा प्रमुख अतिथि समेत रहनु भएको नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले अपाङ्ग मान्छे नभई मान्छेको सोच रहेको बताउनुभयो ।त्यस्तै उहाँले अपाङ्गता भएका व्यक्तिलाई सबैले अगाडि बढ्न हौसाला प्रदान गर्न आग्रह गर्दे अहिले सम्म अपाङ्गता भएका व्यक्तिहरु लाई आफुले सकेको सहयोग गरीरहेको र आगामि दिनमानि सकेको सहयोग गर्ने बताउनुभयो ।
त्यस्तै महिला अपाङ्ग संघ सिन्धुलीका अध्यक्ष दिल कुमारी देवकोटा (दिपा)ले अपाङ्गता भएका व्यक्तिहरुले पनि समाजान हरेक कुराहरु गर्न सक्छन् र आफ्नो अधिकारका कुराहरु सुनिश्चित गर्ने पनि उक्त दिवस मनाउन आवश्यकता रहेको बताउनुभयो ।त्यस्तै सो अवरमा नै भोलि विहान ७ः३० बजे लोकतान्त्रिक चोक खुल्ला मंचमा प्रभात फेरी जनचेतनामुलक नाटक, स्वयंम अपाङ्गता भएतापनि समाजमा उन्नतशिल योगदान पुर्याउने व्यक्तिहरुका लागि सम्मान सहित वृहत रुपमा अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरीएको समेत बताउनुभयो ।

कमलामाई नगरपालिका सिन्धुली, प्लान इन्टर नेश्नल नेपाल, ह्याण्ड्स नेपाल, जनजाति समाज विकास कार्यक्रम सिन्धुलीको सहयोगमा सिन्धुली अपाङ्ग महिला संघ, अपाङ्ग कल्याण संघ सिन्धुली, सिन्धुली बहिरा संघ,सिन्धुली अपाङ्ग संघ र बौद्धिक अपाङ्ग संघ सिन्धुलीको आयोजनामा उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदी,बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *