विद्यार्थीहरुको लागि किताबी ज्ञान सँगै बौद्विक विकासको कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न
सिन्धुली < सिन्धुलीको शिद्वबाबा प्लस टु म्यानेजमेन्ट गुरुकुल कलेजले विद्यार्थीको लागि किताबी ज्ञान सँगै बौद्विक विकासको कार्यक्रम गरेको छ ।
आज शुक्रबार मनको खेल, तपाईको खुसी, सफलता र भविष्य कार्यक्रमको सञ्चालन गर्दै कलेजले विद्यार्थीको बौद्धिक विकास गर्ने कार्यक्रम गरेको हो ।
प्रशिक्षणको रुपमा आउनुभएको शिक्षक रमन भट्टराईले जीवनको सिकाई सम्बन्धी ज्ञानमुलक कुरा श्रव्यदृश्यको माध्यमबाट देखाई विद्यार्थीलाई प्रशिक्षण दिनुभएको थियो । उहाँले हाल सम्म १७ हजार भन्दा धेरै ठाउँहरुमा गई कलेज तथा विद्यालयहरुमा यस्ता प्रकारका कार्यक्रमहरु गरीसक्नु भएको छ । त्यस्तै सो कार्यक्रममा सहभागीलाई योग, ध्यान, सहित विभिन्न क्रियाकलाप पनी गराईएको थियो ।
कार्यक्रममा शिद्वबाबा प्लस टु म्यानेजमेन्ट गुरुकुल कलेजका अध्यक्ष खड्ग बहादुर खत्रीले विद्यार्थीहरु लाई किताबी ज्ञान सँगै बौद्विक विकासको ज्ञान पनि आवश्यकता रहेको बताउनुभयो ।त्यस्तै कलेजका प्रिन्सीपल राहुल सिंहले विद्यार्थीहरु लाई किताबी ज्ञान सँगै प्रेरणादायी कुराहरु पनि सिकाउनु पर्ने भएकाले यस्तो कार्यक्रम राखिएको बताउनुभयो । साथै यस्ता कार्यक्रमहरु उक्त कलेजले समय समयमा गर्दे आईरहेको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा उक्त कलेजका शिक्षक ,विद्यार्थीहरु अभिभावक लगायत पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।


