सिन्धुलीको फिक्कल गाउँपालिकामा एकीकृत घुम्ती स्वास्थ्य शिविर संचालन हुने
सिन्धुली > सिन्धुलीको फिक्कल गाउँपालिकामा एकीकृत घुम्ती स्वास्थ्य शिविर संचालन हुने भएको छ ।
पालिकाले बिहिबार एक सुचना प्रकाशन गर्दे यहि आउँदो १८ गते देखी २८ गते सम्म शिविर संचालन हुने जानकारी दिएको हो । स्वास्थ्य सेवाको पहुँच विस्तार तथा सर्वसाधारणमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविरको आयोजना गरेको पालिकाले जानकारी दिएको छ ।
सुनौलो परिवार नेपालको प्राविधिक सहयोग तथा फिक्कल गाउँपालिकाको सक्रिय समन्वयमा हुने भएको शिविरमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण, आँखा जाँच तथा प्राथमिक उपचार, आयुर्वेदिक जाँच तथा परामर्श र परिवार नियोजन सेवा तथा परामर्श चेकजाँच हुने पालिकाले प्रकाशन गरेको पत्रमा उल्लेख गरीएको छ ।
उक्त शिविर मंसिर १८ गते नयाँगाउँ महादेवडाँडा वडा नम्बर १ मा विहान १० बजे देखि ३ः०० बजे सम्म र १९ गते सोहि वडाको सिमलभन्ज्याङमा मा सोहि समयमा संचालन हुने छ ।त्यस्तै २० गते वडा नम्बर २ सुम्नामपोखरी बबलामा विहान ८ बजे देखि १२ बजे सम्म सुम्नामपोखरीमा र दिउँसो १ः०० बजे देखि ४ः बजे सम्म– बबला संचालन हुने छ । त्यसैगरी २१ गते वडा नम्बर ३ खुरहरीमा बिहान १० बजे देखि ३ बजे सम्म र २२ गते पनि सोहि वडाको मनापुमा सोहि समयमा उक्त शिविर संचालन हुने उक्त सुचनामा उल्लेल गरीएको छ । यस्तै २३ गते वडा नम्बर ४ पोटी खाङ्साङ स्वस्थ्य चौकीमा बिहान १० बजे देखी दिउँसो ३ बजे सम्म र २४ गते वडा नम्बर ५ जाड्जाङमा बिहान ८ बजे देखि ३ बजे सम्म र २५ गते सोहि वडाको सोल्पाठाना स्वास्थ्य चौकीमा उक्त शिविर संचालन हुने सो पत्रमा उल्लेख छ । साथै २६ गते वडा नम्बर ६ को तिनखण्डमा बिहान ८ बजे देखी १२ बजे सम्म र १ बजे देखी ४ बजे सम्म सोही वडाको देउकीडाँडामा शिविर संचालन हुने छ । र २७ गते वडा नम्बर ६ को सोखुखोलामा बिहान ८ बजे देखी ३ बजे सम्म शिविर संचालन हृुने छ भने उक्त शिविको अन्तीम दिन २८ गते वडा नम्बर ४ को खाङ्साङ बेसीमा बिहान ८ बजे देखी ३ बजे सम्म शिविर संचालन हुने छ ।
साथै समस्या भएका सम्पूर्ण स्थानीयवासीलाई पायक पर्ने ठाउँमा गई शिविरबाट लाभ लिन गाउँपालिकाले अनुरोध गरेको छ ।


